काठमाडौं, माघ १४
गायक प्रकाश ओझालाई तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझालाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। ४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ।
सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो। इट
हरी घर भएका ओझा काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले दाबी गरेको छ। अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए।