काठमाडौं । चीन विश्वकैैै सबैभन्दा बढी जनसंख्या भएको मुलुक । यो देशमा परम्पराहरु पनि अनेक थरीका छन् । धेरै जनसंख्या भएको मुलुकमा धेरै विविधता हुनु नौलो कुरा पनि होइन । विवाह परम्परा र संस्कारबारे यहाँ धेरै रोचक रोचक विषय छन् । जुन हामीलाई सुन्दा पनि अनौठो लाग्छ । अनौठो भएकै कारणले होला, सोसल मिडियामा बेला बेलामा यहाँको चलनबारे खुबै चर्चा हुने गर्दछ ।
चीनको विवाह समारोहमा हालै देखिएको एउटा दृश्य भने हामी नेपालीका लागि बहुतै अचम्मलाग्दो छ । सो विवाह समारोहको भिडियो फुटेज सोसल मिडियामा अपलोड भएपछि त्यसले व्यापक चर्चा पाइरहेको छ । साथै विवाद पनि ।
सो भिडियोमा विवाह समारोह भइरहेकै बेला एक व्यक्तिले बेहुलीलाई चुम्बन गरिरहेको दृश्य देखिन्छ । विवाहमा उपस्थित मानिसहरु पनि सो दृश्य देखेर बहुत रमाइलो मानिरहेको देखिन्छ । तपाईंहरुलाई लाग्छ होला बेहुलीलाई चुम्बन गरिरहेको व्यक्ति बेहुला हो । बेहुला भने त हामी ठीकै मान्छौं । सामान्य मान्छौं । तर होइन, बेहुलीलाई चुम्बन गर्ने व्यक्ति बेहुला होइनन्, उनकै ससुरा अर्थात् बेहुलाका बाबु ।
मध्य चीनको हेमन गाउँमा यो घटना भएको हो । भएको के रहेछ भने विवाह समारोह चलिरहेका बेला बेहुलाले आफ्नो बाबु समक्ष सर्त राखेछन् । सर्त पनि कस्तो भने विवाह समारोहमै बेहुलीलाई लिप किस गर्नुपर्ने । लिप किस गरेको खण्डमा १० हजार युआनसमेत पाउने । सो सर्तलाई बाबुले सहजै स्वीकार गरे र बेहुली भएको ठाउँमा गए । त्यसपछि सबैका अगाडि बुहारीलाई लिप किस गरे । ससुरा बुहारीबीचको चुम्बन झण्डै १७ सेकेण्डसम्म चलेको थियो । भिडियोमा ससुरा बुहारीले लिप किस गरिरहँदा उपस्थित पाहुनाहरुले ताली बजाएकोसमेत देखिन्छ ।
rajdhanidaily.com