• Breaking News

    1.01.2017

    पूर्व राष्ट्रपतिकी छोरीले भनिन्- धोती-टोपी दिबस मनाएर राष्ट्रियताको खिल्ली नउडाऔं

    १७ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन, युवा युवतीहरुले स्वतस्फूर्त रुपमा ‘नेपाली टोपी दिवस’ मनाएका छन् । उनीहरुले शिरमा ढाका टोपी र हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली समेत निकालेका छन् ।

    तर, पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिताले भने टोपी र धोतीको जुहारी नचलाउन अपील गरेकी छिन् । उनले भनेकी छन्, ‘एक दिन टोपी लगाएर राष्ट्रवादी हुने भए ३६५ दिन नै लगाउनुपर्‍यो । एक दिनको राष्ट्रवादले देशलाई केही लाग्दैन ।’


    टोपीले मात्र समानता नदेखाउने भन्दै उनले भनेकी छन्, ‘समानता हुन टाउकोमा टोपी, कम्बरमा कछाड, तराई पहाड हिमाल समेट्ने पोशाक चाहिन्छ ।

    उनले भनेकी छन्, ‘यो झुटो, खोक्रो र मतभेद हुने धोती, टोपी, हाकु पटासी, लुंगी, बख्खु दिबस लगाएर राष्ट्रियताको खिल्ली नउडाउँ ।’
    via :अनलाइनखबर

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र