• Breaking News

    1.26.2017

    वाह प्रचण्डजी! नेपाल टुक्राउने आमसभा गर्न छुट, नेपाल एक हुनुपर्छ भन्दा थुनिनुपर्ने ?

    काठमाडौं, १३ माघ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालसहित तीन जना पक्राउ परेका छन् ।

    भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित राजधानीको लैनचौरमा रहेको भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्दा नेपालसहित सुरेश गिरी र त्रिलोक शर्मालाई लैनचौरबाट पक्राउ गरी महानगरीय प्रहरी वृत्त दरबार मार्गमा राखिएको छ ।

    आफू पक्राउ परेपछि संयोजक नेपालले ‘नेपाल टुक्राउन आम सभा गर्न छुट हुने तर नेपाल एक हुनुपर्छ भन्दा थुनिनुपर्ने ?’ भन्दै आक्रोश पोखेका छन् । उनले सीके राउतले ‘तराई टुक्राउछु’ भनेर आमसभा गर्दा केही नबोल्ने तर, भारतीय विस्तारवादको विरोध गर्दा थुन्ने भनेर सरकारसँग आक्रोश पोखेका हुन् ।

    उनकै नेतृत्वमा प्रदर्शनकारीले भारतीय दूतावास अगाडि ‘भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमि फिर्ता गर, सीमा मिच्न पाइदैन्’ जस्ता नाराहरु लगाएका थिए ।

    भारतले करिब ६० हजार वर्ग किमि नेपाली भू–भाग उपनिवेश कायम गरेको छ । मेचीदेखि महाकालीसम्म सयौ ठाउँमा मिचिएका सीमा अहिलेसम्मका कुनैपनि सरकारले दुरुस्त पार्न सकेका छैनन् । नेपाली भू–भाग कालापानीबाट भारतीय सेनालाई हटाउनमा नेपाल सरकारले कुनैपनि चासो नदेखाएको, लिपुलेकबाट ब्यापार गर्ने चीन र भारतबीच भएको कथित सहमतिलाई कुनैपनि पनि राष्ट्रबादी सरकारले औला उठाउन नसकेको भन्दै गे्रटर नेपाल राष्ट्रवादी मोर्चाले विगत लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ ।

    भारतीय दूतावासले नेपाली भुमिमा स्वतन्त्र दिवस मनाइरहँदा लैनचौरमा मन्त्रिमण्डलका सदस्यहरु, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, राजनीतिक दलका नेताहरु भोज खान लर्को लागिरहेको बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भने लैनचौर चोकमा प्रदर्शनमा उत्रिएपछि तनाव भएको छ ।.dainiknepal.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र