एजेन्सी – अस्ट्रेलियामा बैंकको गल्तिको कारण एक बिद्यार्थी अदालत पुगेकी छन । केहि बर्ष अघि वेस्टप्याक बैंकको गल्तिले क्रिस्टीन नाम गरेकी एक बिद्यार्थीको खातामा ४६ लाख अमिरिकी डलर ( करिब ४६ करोड रुपैया) जम्मा भयो ।
क्रिस्टीनले आफ्नो खातामा यति धेरै रकम आएपछि उनले पनि आफ्नो चाहना अनुसार सो रकमको भरपुर खर्च गरिन ।गएको वर्ष अप्रिलमा बैंकको सीनियर मैनेजरले सो रकमको बारेर गल्ति भेटाए र उनले क्रिस्टीनलाई फोन गरेर खर्च गरेको रकम फिर्ता गर्न माग गर्यो।क्रिस्टीनले सो रकम फिर्ता नगरेपछि बैंकले उनी बिरुद्ध अदालतमा बेइमानीको मुद्धा दयारा गर्यो ।
मंगलबार अदालतमा उनले सो रकम आफ्नो बुवाले जम्मा गरेको ठानेर खर्च गरेको बयान दिएपछि उनी निर्दोष साबित भइन ।