• Breaking News

    1.07.2017

    देउवा र प्रचण्डबीच यस्तो भयो ‘बाँडेर खाने’ सहमति

    काठमाण्डु, २४ पुस– सत्ता साझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबण्डा मिलेको छ ।

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापतिबीचको पटकपटकको छलफलपछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो ।
    प्रधानमन्त्री स्रोतलाई उल्लेख गर्दै प्रकाशन गरेको समाचारअनुसार कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ४ जना, राप्रपाबाट २ जना र साना दलका तर्फबाट १ जना राजदूत सिफारिस गरिनेछ ।
    प्रधानमन्त्री प्रचण्डले १३ देशमा राजदूत नियुक्त गर्दा दुई पार्टीले आधा आधा बाँड्नुपर्ने अडान राख्दै आएका थिए । यसैकारणले लामो समयदेखि सहमति जुट्न सकेको थिएन ।
    अन्नपूर्ण पोष्टबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र