• Breaking News

    1.17.2017

    लोकमान सिंह कार्कीले गरे कसैले नसोँचेको काम

    काठमाडौं, ५ माघ । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् ।

    कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।


    राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो ।

    विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गरेका हुन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र