माघ ७ गते
काठमाडौं । यूट्युवमा एक दिनको अन्तरालमा सार्वजनिक भएका दुई चलचित्र ‘छक्का पञ्जा’ र ‘लुकामारी’मा जमीन आकाशको फरक देखिएको छ । १३ जनवरीमा यूट्युबमार्फत सार्वजनिक भएको ‘लुकामारी’ र १२ जनवरीमा सार्वजनिक ‘छक्का पञ्जा’लाई दर्शकले यति ठूलो भिन्नता दिएका हुन् ।
यूट्वमा शुक्रबार बिहानसम्म चलचित्र ‘लुकामारी’का दर्शक ९ लाख ७५ हजार क्रस गरेका छन् । ‘छक्का पञ्जा’ले ५० लाख बढी दर्शक पाएको छ ।
एक दिनको अन्तरालमा सार्वजनिक भएका चलचित्रबीच देखिएको दर्शकको यति धेरै अन्तार सम्भवत नेपालका लागि पहिलो हो । ‘लुकामारी’ बुढासुब्बा डिजिटलले यूट्युवमा राखेको छ । ‘छक्का पञ्जा’लाई हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो ।
‘छक्का पञ्जा’ दीपाश्री निरौलाको निर्देशनमा डेब्यू चलचित्र हो । भदौको २४ मा रिलिज भएको चलचित्रले स्वदेश मात्र १६ करोड बढीको ब्यवसाय गरेको निर्माण पक्षको दाबी छ ।
दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाएको यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, कमल गाउँले लगायतका कलाकारको मुख्य अभिनय छ ।
‘लुकामारी’ व्यावसायिक असफल चलचित्र हो । श्रीराम दाहालको डेब्यू निर्देशन रहेको यो चलचित्र ग्लेज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
गत असारमा रिलिज भएको यस चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रमसिंह थारु, सुरविना कार्की, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जे.वि. डिसी, प्रवण भुषाल, कुशल विष्ट, बसन्त भट्ट, प्रकाश पौडेल लगायतको मुख्य भूमिका रहेको थियो ।

