• Breaking News

    1.11.2017

    प्रेममा बाधा भएपछि घाँटी रेटेर श्रीमानको हत्या

    २८ पुस, काठमाडौं । रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ ।  अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।


    कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी रेटेर हत्या भएको थियो ।

    साह कतार गएका बेला सकुन्तलाको पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि प्रेम सम्बन्ध भएको बुझिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र