• Breaking News

    1.19.2017

    बिक्रीमा छ सिंगै गाउँ, मूल्य २८ करोड !

    एजेन्सी, माघ ७  ।
    माथि तस्बिरमा देखिएको सुन्दर गाउँ बिक्रीमा छ । यसो भन्दा छक्क पर्नुहोला । तर, कुरा साँचो हो । उक्त गाउँ किन्न चाहनेले २८ लाख डलर ( करिब २८ करोड रुपैयाँ) ठीक गरे पुग्छ ।

    यो गाउँ क्यानडाको प्रख्यात सहर भ्यान्कुवरबाट केही किलोमिटरको दूरीमा अवस्थित छ । गाउँको नाम हो– रदन बिक । यो गाउँ यसर्थमा पनि सुन्दर छ कि, यहाँ सयौं हलिउड फिल्मका सुटिङ भएका छन् ।

    प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा एउटा सुन्दर तलाउ पनि छ । भ्यान्कुवरबाट थुप्रै पर्यटक यो गाउँको अवलोकन गर्न आउँछन् । गाउँमा १९औं शताब्दीका २२ वटा घर छन्, जसमा थोरै मान्छे बस्छन् । गाउँको क्षेत्रफल ६० लाख स्क्वायर फिटमा फैलिएको छ ।

    यहाँ हर्स राइडिङको मज्जा पनि लिन सकिन्छ । गाउँमा एउटा चर्च, एउटा प्राचीन किल्ला, एउटा हुलाक कार्यालय (जुन बन्द भइसकेको छ) रहेका छन् ।

    यस गाउँका मालिक हक जेरेमी सिरोइस नामका व्यक्ति हुन् । जेरेमीका अनुसार यो सानो गाउँमा मानिस घट्दै गइरहेका छन् । बचेखुचेका मानिस पनि सहरतिर पलायन हुन थालेका छन् ।

    उनले गाउँको मूल्य २८ लाख डलर राखेका छन् । तर, अहिलेसम्म उनले ग्राहक फेला पारेका छैनन् ।

    एजेन्सीको सहयोगमा

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र