• Breaking News

    1.01.2017

    केपी ओलीलाई धेरैले उडाए, तर पूरा हुने भयो ओलीको सपना

    काठमाण्डु, १८ पुस– गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए ।

    तर, अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
    हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भइरहेको छ ।
    वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि बिद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ ।
    आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पादन गरी कमलबजार नगरपालिका भित्र विस्तार गरिने छ ।
    कारोबार दैनिकबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र