• Breaking News

    12.25.2016

    ‘लास्ट क्रिसमस’गीतका गायक जर्ज माइकलको क्रिसमसकै दिन निधन

    एजेन्सी, ११ पुस । प्रसिद्ध अंग्र्रेजी गायक जर्ज माइकलको निधन भएको छ । ५३ वर्षीय गायक माइकलको क्रिसमसकै दिन निधन भएको छ । कुनै समयका नम्बर १ बेलायती गायक माइकलको ‘लास्ट क्रिसमस’ गीत निकै चर्चित छ । असीको दशकमा उनले ‘द ह्वाम’ ब्यान्डबाट उनले गायन यात्रा सुरु गरेका थिए ।



    वेक मी अप विफोर यु गो गो, फ्रिडम, कियरलेस ह्विसपर, आइ एम योर म्यान, द एज अफ हेभेन, अ डिफरेन्ट कर्नर, जिसस टु अ चाइल्ड, फस्टलभ जस्ता चर्चित एल्बम निकालेका गायक माइकलको अल्पायुमै निधन भएको बीबीसीले जनाएको छ ।

    माइकलको मृत्यु आफ्नै घरमा स्वाभाविक रूपमा भएको र त्यहाँ कुनै अन्य रहस्य नभएको थेमस भ्याली प्रहरीले जनाएको छ । माइकलसँगै ‘द ह्जाम’ ब्यान्डका सदस्य अन्ड्रेउ रिड्जेले उनको निधनलाई ‘हर्टब्रोकेन एट द लस अफ माइ बिलोभ्ड फ्रेन्ड’ भनेर ट्विट गरेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र