• Breaking News

    12.30.2016

    रामदेवको हृदयघातका कारण मृत्यु !

    योगगुरु रामदेवको मृत्युको खबर पछिल्ला दिनमा सोसल मिडियादेखि वाट्सएपमा निकै सेयर भयो । खबरका अनुसार रामदेव बैंकको लाइनमा बसेका बेला अचानक हृदयघात हुँदा मृत्यु भएको हो ।
    यति मात्र होइन, उनका दुई फोटो पनि निकै भाइरल भए । अन्त्यमा, रामदेव आफूले नै आफ्नो मृत्युको खबर झुट भएको पुष्टि गरे ।  उनले सोसल मिडियामा लेखे, ‘यो खबर झुटो हो र मलाई कहिले पनि यस्तो रोग लागेको छैन । म योगमार्फत लामो जीवन बाँचिरहेको छु ।’

    – यस्तै अर्को फोटोमा उनी स्ट्रेचरमा सुतिरहेका छन् र उनलाई अस्पताल पुर्याइएको छ ।


    दुई फोटोको आधारमा बाबा रामदेवको बैंकको लाइनमा बस्दा बस्दै मृत्यु भयो भन्ने खबर भाइरल भयो ।

    – एक न्यूज च्यानलसँग कुराकानी गर्दै बाबा रामदेवले आफ्नो मृत्युको खबर भाइरल हुँदा चकित भएको बताए । उनले खबरको खण्डन गर्दै भने, ‘तपाईंहरु आफैं देख्नसक्नुहुन्छ– म यहाँ मज्जाले उभिएको छु । जिउँदो छु , यो मेरो भूत होइन ।’
    – रामदेवका अनुसार उनको कुनै बैंक खाता छैन । म जहाँ जान्छु त्यहाँ म खाने बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

    ‘मैले थुप्रै मानिसलाई हृदयघातबाट बचाएँ ’
    – उनी भन्छन्, ‘मानिसहरुले सबैभन्दा पहिले म बेहोस भएको र त्यसपछि मेरो हृदयघातका कारण मृत्यु भएको बताए । जबकी वास्तविकता यो हो कि हामीले योगको माध्यमबाट हज्जारौं मानिसलाई हृदयघातबाट बचाएका छौं ।’
    – ‘म पूर्ण रुपमा स्वस्थ छु । त्यसकारण यो खबर पूर्ण रुपमा बकवास हो,’ उनले भने ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र