• Breaking News

    12.26.2016

    राजेन्द्र महतोलाई मधेसका युवा नेताले नै भने ‘ महतो नेपालमा बस्ने ‘इन्डियन’

    काठमाडौं, ११ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेसमा बस्ने पहाडी भनेपछि मधेसी युवाहरु आक्रोशित भएका छन् । एमाले निकट युवा संघ नेपालका सचिवालय सदस्य एवं मधेसका युवा नेता सञ्जीव कुमार झाले महतोको भनाईमा आपत्ति जनाउँदै उनलाई नेपालमा बस्ने ‘इण्डियन’ भनेका छन् ।
    आइतबार एभिन्युज टेलिभिजनसँग कुरा गर्दै झाले ‘राजेन्द्र महतोजी केपी ओली मधेसमा बस्ने पहाडी हुन भन्ने तपाईं त नेपालमा बस्ने ‘इन्डियन’ हो नि १’ भनेर टिप्पणी गरेका थिए ।
    उनले अगाडि भनेका छन्– ‘तपाईंको जन्मदेखि अध्ययन सबै इन्डियामा भएको हो । अहिले पनि तपाईको पुस्तैनी घर यथाबत छ इन्डियाको बिहारमा । जहाँबाट आउनु भएछ त्यै फर्किनुस ।’
    उनले आफूलाई मधेसको मसिहा ठान्नेहरु नै अहिले चुनावमा जान डराइरहेको बताए । ‘म मधेसको मसिहा होइन् । एउटा युवा राजनीतिज्ञ हुँ । अहिले जो आफूलाई मसिहा ठानिरहेका छन् । तिनीहरु जनतासँग किन डराइरहेका छन् ? को मसिहा भन्ने कुरा चुनावमा जनताले छिनोफानो गर्नेछन्,’ झा ले भने ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र