• Breaking News

    12.29.2016

    जीवनमा सफलता पाउनु छ भने अपनाउनुस् यी वास्तुटिप्स

    १. पढ्दा के गर्ने ?

    – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ
    – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ ।
    – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ ।
    – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

    २. घरमा के गर्ने के नगर्ने ?

    – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ ।
    – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला ।
    – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ ।
    – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ ।
    – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला ।
    – घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ ।
    – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।
    – घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ ।
    – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् ।
    – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

    ३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः

    उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

    ४. विवाह हुन नसकेको छोरी घरमा भएः

    – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ ।
    – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

    ५. आयमा बढोत्तरीका निम्तिः

    – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ ।
    – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

    ६. नवविवाहित जोडिको कोठाः

    – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।
    वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
    स्रोत - ratopati

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र