• Breaking News

    12.26.2016

    पदको भागबण्डाले पेरिसडाँडामा रुवाबासी, शशीले पार्टी छाड्ने

    काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादित बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्चाउने धेरै छन् । पद नपाएर रडाको मच्चाउनेमध्येकी एक हुन्, नेतृ शशी श्रेष्ठ । नेतृ श्रेष्ठले केन्द्रीय समिति वैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाएको भन्दै रुवाबासी गरेकी थिइन् । उनले ‘पम्फाहुँदा म किन नहुने’ भनेर असन्तुष्टि पोखेकी थिइन् । ‘पार्टीको हरेक काममा आफूलाई खरो रुपमा उतार्दै आएकी छु ।’ श्रेष्ठको भनाईलाई उदृत गर्दै एक माओवादी नेताले भने, ‘तर मलाई अहिले के कारण हेडक्वार्टर सदस्य बनाइएन ? अब पार्टीमा वस्नुको अर्थ देखेको छैन ।’ आजको प्रकाशित साँघु साप्ताहिकमा समाचार छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र