• Breaking News

    12.21.2016

    प्राधिकरणलाई लोडसेडिङ नगर्न हम्मे: बिजुली माग्न नेपाली टोली दिल्लीतिर

    ७ पुस, काठमाडौं । केही समययता राजधानीलाई लोडसेडिङमुक्त बनाएर राम्रो जश पाएका नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माघ महिनामा पनि लोडसेडिङ नगर्ने वातावरण बनाउन हम्मेहम्मे परेको छ ।

    माघअघि नै थप बिजुली व्यवस्था नगर्ने हो भने लोडसेडिङ हुने निश्चित भएपछि बिजुली माग्न नेपाली टोली भारत गएको छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोली बिजुली माग्न दिल्ली गएको हो ।

    भारतबाट थप ८० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङको सामना गर्नु नपर्ने भन्दै उनीहरु मंगलबार दिल्ली गएका हुने ।

    भारतबाट बिजुली ल्याउनेबारे प्रारम्भिक सहमति भएकाले अन्तिम टुङ्गो लगाउन उर्जा टोली भारत गएको हो ।
    आजको नागरिक दैनिकमा समाचार छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र