• Breaking News

    7.12.2016

    मन्त्रीमाथी झुम्मिने ती महिला

    २९ असार, काठमाडौं।

    प्रधानमन्त्री कार्यालयभित्रै मोनिका लिविन्स्कीको खोजी र ओली सरकारका एकजना मन्त्रीलाई बिल क्लिन्टन बनाउने एउटा ठुलो घटनाबाट सबभन्दा हट्टाकट्टा मन्त्री जोगिएका छन्। गुटले काँक्रोझै चिरिएको एमालेभित्र एउटै गुटभित्र पनि एकले अर्कोलाई सिध्याउन कतिसम्मको हत्कण्डा रच्छन् भन्ने कुरा यो घटनाको दोषी पत्ता लाग्दासम्म छर्लङ्ग भएको छ।

    प्रधानमन्त्री कार्यालयमा स्वकीय अधिकृतको नियुक्ति पाएकी एकजना क्षेत्रीकी छोरीलाई प्रयोग गरेर अविवाहित सञ्चारमन्त्री शेरधन राईलाई ‘सिध्याउने’ योजनामा प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि दोषी पत्ता लागेको छ, खेलो पनि बिग्रिएको छ। प्रतिमा (नाम परिवर्तन) युवा संघसँग सम्बन्धित थिइन्। इमान्दार र अनावश्यक तडकभडकमा कतै नदेखिएकी ती युवतीको माग थियो, शेरधनले आफूलाई विवाह गर्नुपर्ने। आफूलाई फरक हाउभाउका साथ मन्त्रीले अफर गरेको, तर सोझै विवाह प्रस्ताव राख्न नसकेको प्रतिमाको भनाइ छ। बीचमा दुश्मन लागेर आफूहरुको प्रेम छुटाएको, तर उनको नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको कारण अब शेरधनसंगै विवाह गर्नुबाहेक अर्को उपाय नभएको युवतीको ठहर छ। उनले शेरधनलाई यहि आशयको एसएमएस पनि लेखिन्। तर शेरधन त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब चिन्दै नचिनेको मान्छेले आफूसंग यस्ता कुरा गर्दै लगातार म्यासेज लेख्छ! शेरधन आफैँ युवा संघका इञ्चार्ज पनि हुन्। सोधखोज गर्दै जाँदा पत्ता लाग्यो, उनी फलानी हुन् भन्ने कुरा। तर, पार्टी र संगठनभित्र यस्ता क्रियाकलापमा कहिले पनि नमुछिएकी महिलाले एकाएक यस्तो काम गर्दा कुरा सुन्नेहरुले चित खाए। र, शेरधनले प्रधानमन्त्रीसंग भने, ‘मलाई यस्तो समस्या पर्यो। पुलिस लगाएर हुन्छ कि के गरेर हुन्छ, यो कुराको छिनोफानो लगाउनु पर्यो!’



    उनले सबै एसएमएस प्रधानमन्त्रीलाई देखाए। प्रधानमन्त्रीले ती एसएमएसको एकप्रति हार्ड कपीमा मगाए। हिरो राजेश हमाललाई चितवनकी बालकुमारी अधिकारीले सात बर्षअघि पति दावी गर्दै प्रहरिमा उजुरी दिएकै शैलीमा ती युवती शेरधनलाई पति दाबी गर्दै थिइन्। प्रधानमन्त्रीले नै चासो लिएपछि प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्यो। ती युवतीसहित प्रधानमन्त्री कार्यलयमा कार्यरत सबै विज्ञ र स्वकीय सचिवहरुको मोबाइलको कल डिटेल्स लियो। युवतीको नम्बरबाट अन्तिममा १६७ र १४० भएका दुई मोबाइलमा अत्याधिक सम्पर्क भेटियो। त्यसमध्ये १६७ भएको नम्बर हो, ओली गुटकै १४० भएको नम्बर हो, प्रधानमन्त्री जनसम्पर्क विज्ञको काम गर्ने महिलाको। यसमध्ये प्रधानमन्त्रीके स्वकीय अधिकृतमा कार्यरत व्यक्तिले त्यहिँको जनसम्पर्क विज्ञसंग सम्पर्क गर्नु त स्वभाविक होला, तर भोजपुरे पूर्वमन्त्रीसंगको कुराकानी स्वभाविक नदेखिने ठहर अनुसन्धानबाट भयो।

    एउटा कल डिटेल्समा ती युवतीले २२ सय ९८ सेकेन्ड अर्थात ३८ मिनेट तीन सेकेन्डसम्म लगातार कुरा गरेको प्रमाणित भएको छ। अनुसन्धानबाट खुलेको तथ्यसहित शेरधन फेरि प्रधानमन्त्रीकहाँ गए। प्रधानमन्त्रीले ती स्वकीय अधिकृतलाई असारको ५ गते, आइतबारदेखि उनले बुझ्नुपर्ने तलब सबै बुझाएर, सिंहदरबार र बालुवाटार छिर्न नपाउने गरि निकालिदिन जनसम्पर्क विज्ञलाई निर्देशन दिए। भोजपुरे नेता र जनसम्पर्क विज्ञलाई हप्काए, ‘तपाईहरुले काम पाउनुभएन? चाहिँदो कुरा नगरेर यो के-के गर्दै हुनुहुन्छ?’ जनसम्पर्क विज्ञलाई त प्रमले ‘तिम्रो फोनबाट उसलाई फोन गयो भने, तिम्रो फोनमा उसको फोन आयो भने पनि ठीक हुने छैन’ सम्म भनेका छन्।

    यो घटनापछि शेरधनको मोबाइलमा म्यासेज जाने क्रम बन्द भएको छ। तर, युवती भने अझै पनि ‘न्यायका लागि’ पार्टी वरिष्ठ नेता माधव नेपालसंग भेट्न दौडधुप गर्दैछिन्। शेरधनले हिजो जनआस्थासंग भने, ‘ममाथि नियोजित रुपमा षड्यन्त्र हुदैँ थियो। प्रधानमन्त्रीज्यूको सहयोगले षड्यन्त्रकारी असफल भए।’ आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र