• Breaking News

    7.03.2016

    युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमान

    गएराति भएको युरो कप फुटबलको क्वाटरफाइनलमा फ्रान्सले आइसल्याण्डलाई ५–२ गोल अन्तरले हराउँदा नयाँ कीर्तिमानी कायम गरेको हो।

    फ्रान्सले आइसल्याण्डलाई हराउँदा पहिलो हाफमै ४ गोल गरेर युरो कप फुटबलमा नयाँ इतिहास बनाउन सफल भयो। योसँगै फ्रान्स पहिलो हाफमै चार गोल गर्ने पहिलो टोली बनेको छ।

    अहिलेसम्म युरो कप फुटबलमा कुनै पनि टोलीले पहिलो हाफमा चार गोल गर्न सकेका छन्।

    आइसल्याण्डविरुद्ध पहिलो हाफमा फ्रान्सले चार गोल गर्दै  अहिलेसम्म कुनै टोलीले बनाउन नसकेको नयाँ कीर्तिमानी बनायो।

    फ्रान्सका लागि पहिलो हाफमा ४–० को अग्रता दिलाउन १२ औं मिनेटमा ओलिभर जिराउड, २० औँ मिनेटमा पोग्वा, ४२ औँ मिनेटमा दिमिट्री पेयट र ४५ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र