• Breaking News

    7.02.2016

    करिना गर्भवती भएको श्रीमान सेफ अलि खानद्वारा पुष्टि

    बलिउडका हट जोडी भनेर चिनिने करिना कपुर र सेफ अली खानले यस वर्षको अन्त्यमा आफ्नो पहिलो सन्तानलाई जन्म दिँदैछन् ।

    ‘म र मेरी श्रीमती यो घोषणा गर्न चाहन्छौं कि यही डिसेम्बरमा हामी हाम्रो पहिलो सन्तानलाई जन्म दिँदैछौं । निरन्तरको माया र आशिर्वादका लागि आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छौं । धैर्यधारणको लागि पत्रकार साथीहरुलाई पनि धन्यवाद दिन चाहन्छौं, ’ सेफ, ४५, ले एक पत्र जारी गर्दै भने ।

    केही समय पहिले करिना र सेफको लन्डन भ्रमणको क्रममा खिचिएको तस्बिरमा करिना गर्भवती भएको अनुमान मिडियाले  गरेका थिए । भ्रमणबाट फर्कने क्रममा उनलाई यो प्रश्न सोधिएको पनि थियो तर करिनाले ठाडै अस्विकार गरेकी थिइन् ।

    सेफ र करिनाको विवाह सन् २०१२ मा भएको थियो । सेफले नायिका अम्रिता सिंहसँग पहिले नै विवाह गरेका थिए । उनीबाट उनका दुई सन्तान– छोरा इब्राहिम र छोरी सारा छन् । करिना र उनको यो पहिलो सन्तान हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र