• Breaking News

    7.14.2016

    उडनतस्तर अगाडि आउनेबित्तिकै बन्द भयो नासाको क्यामरा, के यति शक्तिशाली छन् एलियन्स?

    न्यूयोर्क – नासामाथि एलियन्स र उडनतस्तरको जानकारी संसारबाट लुकाएको भनी एक नयाँ आरोप लागेको छ । आफ्नो प्रत्यक्ष प्रसारणको भिडियो काटेको आधारमा नासामाथि सो आरोप लागेको हो ।

    नासाको स्पेस सेन्टरबाट उडनतस्तर गइरहेका बेला नासाले आफ्नो प्रत्यक्ष प्रसारण गरिरहेको भिडियो प्रोग्राम केही बेरका लागि बन्द गरेको बताइएको छ । एलियन्स खोजीकार्यमा संलग्न विशेषज्ञले नासाको यो कदमलाई धोकाको संज्ञा दिएका छन् । विशेषज्ञका अनुसार नासा दोस्रो दुनियाँसँग जोडिएको कुनै पनि कुरालाई साधारण मानिसमाझ पुग्न दिँदैनन् । यहि कारणले गर्दा उनीहरु सधैं स्पेस सेन्टरबाट प्रत्यक्ष प्रसारण गर्ने भिडियो लाइनसम्म काटिदिने गर्छन्, उनीहरुको भनाई छ ।

    एलियन्ससँग जोडिएका विशेषज्ञका अनुसार इन्टरनेशनल स्पेश एजेन्सी नजिकै एउटा उडनतस्तर देखियो । त्यसको क्यामराको नजिक आउने बित्तिकै नासाको क्यामरा बन्द भयो । ती क्यामरालाई जानीजानी बन्द गरियो अथवा उडनतस्तरका कारण बन्द भएको भन्ने विषयमा नासाले बोल्नुपर्ने उनीहरुको भनाई छ ।

    भिडियो फुटेजमा देखाइ अनुसार केही धमिलो चीज क्यामरामा देखिन्छ तर तुरुन्त क्यामराको धर्तीसँग केही बेरका लागि सम्पर्क बिच्छेद हुने गर्छ ।

    आफूलाई एलियन हंटर बताउने स्ट्रीटक्याम्प नामको अकाउन्टबाट युट्युबमा एक भिडियो सार्वजनिक गरेको छ । जसमा लेखिएको छ यदि तपाईंलाई याद छ भने युएफओको अर्थ अन–आइडेन्टिफाइड अब्जेक्ट हो । यदि यसको पहिचान नासासँग छ भने, भनोस् ।

    हुन त क्यामरा अगाडि आएको यो चिजलाई केही विशेषज्ञले चीनियाँ स्पेश स्टेशन तिआंगोंग–१ पनि भनेका छन् । यो स्पेशको तौल ८ टन रहेको र चीनसँग यसको सम्पर्क टुटिसकेको बताइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र