• Breaking News

    7.02.2016

    अमेरिकामा नेपाली युवा वैज्ञानिकको मृत्यु

    १९ असार।  अमेरिकामा भएको सवारी दुर्घटनामा नेपाली युवाको ज्यान गएकोछ। शुक्रबार कोलम्बियाको एबिसी ल्याबोरटरिज नजिकै एक गाडी ले किरण लामिछानेलाई ठक्कर दिएको थियो।।
    सडकको छेउमा हिडिरहेका लामिछानेलाई हुण्डाइ सोनाटा कारले ठक्कर दिएको थियो। कार चलाइरहेका ५६ वर्षिय राल्फ रिंगर जुनियरले मादक पदार्थ समेत सेवन गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका लामिछानेलाई स्थानिय अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको हो। प्रहरीले घटनाको थप छानविन गरिहेको छ।
    लामिछानेले युनिभर्सिटी अफ नर्थ  टेक्सासबाट वातावरण विज्ञानमा पिएचडी गरेका थिए। अमेरिकामा रिसर्च साइन्टिस्टका रुपमा काम गरेका उनका एक श्रीमती र एक छोरा छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र