• Breaking News

    7.12.2016

    चीनबाट नयाँ सन्देश ल्याएर आए एमाले नेता झलनाथ खनाल

    काठमाडौँ, २८ असार । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले रेसम मार्गको निर्माणबाट नेपाल पनि लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।
    करिब एक साताको चीन भ्रमण सकेर आज अपराह्न स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री खनालले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । आफू तीन उद्देश्य लिएर चीन गएको जानकारी दिँदै उहाँले त्यसमध्ये रेसम मार्ग निर्माणको कुरा महत्वपूर्ण रहेको बताउनुभयो । त्यहाँ रेसम मार्गको उद्घाटन समेत गर्नुभएका उहाँले भन्नुभयो – “सिल्क रोडको निर्माणबाट नेपाललाई पनि फाइदा हुनुपर्छ भन्ने कुरा मैले स्पष्टसाथ राखे ।”
    नेपालले दुवै छिमेकीसँगको सम्बन्ध उत्तिकै गाढा बनाउनुपर्छ भन्ने मान्यताअनुरुप आफू चीन भ्रमणमा निस्किएको बताउँदै नेता खनालले भन्नुभयो – “मैले रेल–वे बाटाघाटाका कुरा पनि गरेँ ।” त्यस्तै चीन भ्रमणमा रहँदा उहाँलाई त्यहाँको एक विश्वविद्यालयले ‘भिजिटिङ प्रोफेसर’को उपाधिसमेत दिएको थियो ।
    त्यसैगरी त्यहाँ आफ्नो स्वास्थ्योपचार भएको र उपचारपछि आफू पूर्ण स्वस्थ भएको जानकारी उहाँले दिनुभयो । उहाँ यही असार २१ गते त्यसतर्फ जानुभएको थियो । रासस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र