• Breaking News

    7.01.2016

    ‘डन’ दीपक मनाङ्गेको के–केमा छ लगानी ?

    दरबारमार्ग प्रहरीको भवन पनि मनाङ्गेले बनाएको खुलासा
    काठमाडौं, १८ असार । प्रहरीले संगठित अपराधको मुद्दा लगाइने बताएका डन दीपक मनाङ्गेको ठमेलमा कबाडी सामानको व्यापारदेखि गल्ली गल्लीका पार्किङसम्म दबदबा रहँदै आएको छ ।
    ठमेलका भित्री गल्लीहरुमा मनाङगेले सहयोगी परिचालन गरी अबैध रुपमा पार्किङ खडा गरी रकम उठाउँदै आएको प्रहरीको भनाइ छ । मनाङ्गेको वीरगञ्जमा ट्रान्सपोर्टको व्यवसाय समेत छन् ।
    ठमेलको सेफ स्टार होटेलमा मनाङ्गेको ५६ करोडको लगानी छ । नुवाकोटको ककनीमा मनाङगेले ७८ रोपनी जग्गा श्रीमती पासाङ डोमा गुरुङको नाममा किनेका छन् । जसको मूल्य ३ करोड रहेको छ ।
    ठमेलमा नियोन पब, गोगो बार र क्लव डाइनेस्टी पनि मनाङगेले नै सञ्चाल गर्दै आएका छन् ।
    फेवा गाँउबेसी र पोखरा दोहोरीसाँझमा पनि मनाङगेको लगानी रहेको उच्च प्रहरी स्रोतको भनाइ छ ।
    मनाङगेको हेटौडा क्रसर उद्योग र नवलपरासी जडिबुटी उद्योगमा पनि लगानी छ ।
    उनले अधिकाँश टेन्डरका काम सहयोगी उमेश लामामार्फत गर्दै आएका छन् । दरबारमार्गको प्रहरी भवन पनि मनाङगेले उमेश लामाको फर्म प्रयोग गरी बनाएका हुन ।
    मनाङ्गे सहयोगी सहित बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाका अनुसार केही व्यक्तिसँग फिरौती उठाएको र संगठित गुन्डागर्दीको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र