• Breaking News

    7.09.2016

    राज परिवारसँग नाता जोडिएका यी बलिउड स्टार्स

    बलिउडमा यस्ता कलाकार पनि छन्, जसले आफ्नो इच्छा पूरा गर्नको लागि मात्र फिल्ममा काम गरेका छन् । आफ्नो लागि केही गरौंला, परिवारको लागि घर बनाउँला र भविष्यको लागि केही पैसा जोहो गरौंला भनेर यी कलाकारहरुले अभिनयलाई आफ्नो पेशा बनाएका होइनन् । यहाँ दिइएका कलाकारहरु कुनै न कुनै रुपमा राज घरानासँग सम्बन्धित छन् जसलाई अभिनयको रहरले यो मायानगरीमा ल्याइपुर्याएको छ ।
    actress1भाग्यश्रीः
    ‘मेने प्यार किया’ जस्तो सुपरहिट फिल्मबाट आफ्नो करियरको सुरुवात गर्ने भाग्यश्री महाराष्ट्रको सांगली जिल्लाको एक राजघरानासँग सम्बन्धित छिन् । भाग्यश्रीका बुवा विजय सिंहराव सांगलीका राजा हुन् ।
    actress2अदिती रावः
    बलिउडकी अभिनेत्री अदिती राव हैदरी दो राजघरानासँग जोडिएकी छिन् । अदिती किरण रावकी नातेदार त हुन् नै साथै उनी आसामका पूर्व गर्भनर अकबर हैदरीकी नातिनी हुन् ।
    actress3किरण रावः
    आमिरकी दोस्री श्रीमती किरण रावका जिजुबुवा जे. रामेश्वर राव तेलंगनाको महबूबनगरका महाराजा थिए ।
    actress4सेफ अली खानः
    बलिउडमा पटौदी खानदान आफ्नो घरानाको लागि चर्चित छ । यो खानदान भोपालको पटौदी खानदानसँग सम्बन्धित छ । सेफका बुवा मंसूर अलि खान पटौदी भारतीय क्रिकेट टिमका कप्तान त थिए नै, उनी सन् १९५२ देखि सन् १९७१ सम्म पटौदी खानदानका राजा पनि थिए ।
    actress5सोहा अली खानः
    सेफकी बहिनी सोहा खान पनि फिल्ममा सक्रिय छिन् ।
    actress6सोनलः
    फिल्म जन्नतकी नायिका सोनलको राज परिवारसँग नाता जोडिएको छ । सोनल भारतको उत्तर प्रदेशको मनपुरीको एक राजपूत परिवारसँग सम्बन्ध छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र