२० असार, एजेन्सी ।
चीनले भारतलाई गम्भिर आरोप लगाएको छ । भारत अझै पनि युद्धको धङधङीमा रहेको चीनको आरोप छ ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले सम्पादकीय लेखेर भारतको चर्को आलोचना गरेको हो । परमाणु आपुर्तीकर्ताको समूहमा बस्न चाहेको भारतलाई चिनियाँ मिडियालाई युद्धको धङधङीको सज्ञा दिएको छ ।
सम्पादकीयमा भारतले चीनको बदनाम गर्नुको साटो अन्तराष्ट्रिय समर्थन जुटाउनु बुद्धीमानी हुने उल्लेख छ । भारत अझै पनि १९६० को युद्धको धङधङीमा बाँचिरहेको समेत चीनको भनाइ छ ।
यस अघि ग्लोबल टाइम्सले सम्पादकीय लेखेर भारतमा राष्ट्रियताको विषयमा कुनै ज्ञान नभएको भन्दै भारतलाई पाखण्डीको सज्ञा दिएको थियो ।
भारतीयहरुलाई देशभक्ति पढाउन आवश्यक रहेको भन्दै चिनियाँ सरकारी सञ्चार माध्यमले अमेरिकाको समर्थन पाएँ भन्दैमा भारतले फुर्ती देखाएको टिप्पणी समेत गरेको थियो ।
No comments:
Post a Comment