• Breaking News

    7.05.2016

    प्रधानमन्त्री ओलीसँगै भ्रमण गर्ने प्रधानको बेडरुमको ल्यापटपले निम्त्याएको बबाल

    २२ असार, काठमाडौं।

    चन्दा बुझाएर ठूलाबडासँग नजिकिने धन्दावालाहरुको असली अनुहार छर्लङगिने करोडौंको एउटा काण्ड छरपष्ट भएको छ ।

    यदि उनको शयनकक्षमा छिरेर ल्यापटप कब्जा नगरिएको भए सेतो आवरणमा आठ वर्षदेखि चलाइँदै आएको कालो कर्मको पर्दाफास हुने नै थिएन ।

    उर्जामा ब्राजिलपछि विश्वकै दोस्रो धनी मानिने देश नेपालका जलस्रोत विज्ञ हुन् उनी ।

    प्रधानमन्त्री केपी ओलीसँग दुवै ठूला छिमेकी राष्ट्रको औपचारिक भ्रमणमा सँगै थिए ।

    लाइसेन्स ओगट्नेमा कसैले नभेट्ने अर्थात् झोलामा खोलाका बाहशाह । नाम, हो ज्ञानेन्द्रलाल प्रधान ।



    बैंकबाट एकथरी वितरण बुझाएर ऋण लिने अर्थात् नाफाको आकर्षण दिएर सुविधा उछिट्याउने अनि कर तिर्दा घाटा देखाउने ।

    यस्तै भोलाभोला अवस्थामा आथिृक अपचलन गर्दा उनले सरकारलाई भ्याट, आयकर र लाभाशं करसहित ३२ करोड ६५ लाख तिर्नुपर्ने ठहर भएको छ ।

    कार्यालयको कम्प्युटरमा घाटाको कारोबार देखाउने तर साँझ–बिहान आफ्नो बेडरुममा बसेर वास्तविक हिसाब–किताब निकाल्ने गर्दा उनले जरिवाना र वास्तविक कारोबारसहित यति धेरै कर सरकारलाई बुझाउनुपर्ने देखिएको हो ।

    उनका तीनवटा कम्पनी त्रिशक्ति इन्भेष्टमेन्ट, हाइड्रो सोलुसन र त्रिशक्ति केबल इण्डष्ट्रिजमार्फत अत्याधिक करछली हुने गरेको प्रमाण भेटिएको छ ।

    सबैभन्दा धेरै केबल इण्डष्ट्रिमा २१ करोड। हाइड्रोमा ६ करोड र त्रिशक्ति इन्भेष्टमेन्टमा ५.१६ करोड कर छली फेला परेको राष्ट्र बैं स्रोतको दाबी छ ।

    यसै प्रकरणमा उनलाई समात्ने राजश्व अनुसन्धान विभागले भ्याटबापतको अन्तिम कर निर्धारण गरी दस्तुर बुझाउन चिठी बुझाइसकेको छ भने आयकर असुल्न सम्बन्धित कार्यालयलाई जानकारी दिएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र