• Breaking News

    7.03.2016

    आईएसले भारतमा हमला गर्न आत्मघाती दस्ता तयार गरिरहेको खुलासा

    आषाढ १९,
    बंगलादेशमा भएको आतंकारी हमलापछि भारतीय सुरक्षा एजेन्सीले आसाम र पश्चिम बंगालमा आईएसको हमला हुन सक्ने आशंका ब्यक्त गरेका थिए, तर यसै बीच सार्बजनिक भएको एउटा प्रतिबेदनले उनीहरुको चिन्ता झन् बढेको छ ।
     पेरिस हमलापछि पक्राउ परेका फ्रान्सेली नागरिक रेडा हेमले गरेको खुलासाका कारण यस्तो भएको हो । हेमले  आईएसले केहि भारतीयलाई पनि आत्मघाती हमला गर्नको लागि तालिम दिई रहेको बताएका हुन् ।  उनी अगस्त २०१५ मा पक्राउ परेका थिए ।
    अनुसन्धानको क्रममा उनले तालिममा रुसी, अमेरिकि, चिनियाका साथ साथै भारतीय नागरिकहरु पनि देखेको दाबी गरेका हुन् ।   हेम आईएसको विदेशी अपरेशन बिभागमा आबद्द थिए । आईएसको यस बिभागका प्रमुखमा   बगदादीका प्रवक्ता अबु मुहम्मद अल अदनानी छन् । पश्चिमी गुप्तचर एजेन्सीका अनुसार आईएस विदेशी नागरिकहरुलाई  आत्मघाती हमलाको लागि तयार पार्दै छन्।
    हेमले तालिम सिरियाको होम्स ईलाकामा दिइएको बताएका हुन् । भारतीय एजेन्सीका अनुसार  आईएसमा करिब २५  भारतीय छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र