२५ असार, काठमाडौं ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बारम्बार भद्र सहमति पालना नभएको र नौ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकार परिवर्तन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री केपी ओलीले आज सत्तारुढ दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भद्र सहमतिका विषयलाई लिएर विवाद बढ्दै गएपछि ओलीले आज साँझ सत्तारुढ दलको बैठक बोलाएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार परिवर्तनको विषयमा छलफल हुने बताइएको छ । ओलीले प्रचण्डलाई सरकार परिवर्तन नै गर्न खोजेको हो भने तत्काल निर्णय गर्न र रहने हो भने सरकारलाई काम गर्न दिनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । सत्तारुढ दल मध्ये माओवादी बाहेक अन्य दलले सरकार परिवर्तन गर्ने पक्षमा छै
नन् । शुक्रवार मात्र प्रधानमन्त्री ओलीले संघीयताको विरुद्ध दिएको अभिव्यक्तिको बारेमा पनि छलफल हुने माओवादीका एक नेताले बताए ।
No comments:
Post a Comment