काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको अनुहारमा खुसीको सञ्चार भएको छ । एमाले नेतृत्वको सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरेर नै गएका उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले आजै हटाउने, भोलि हटाउने भन्दै सधैँ त्रासमा रहेका काफ्ले अब ऊर्जा मन्त्रालय काँग्रेसको हातमा पर्ने भन्दै काफ्लेले बानेश्वरको एक होटलमा रात्री भोजको आयोजना नै गरेको स्रोतको दावी छ ।
अब मलाई कुनै फिक्री छैन, अब त हाम्रै पार्टीको मन्त्री आउँछन्, अब सबै काम अगाडि बढ्छ भन्दै काफ्लेले फ्रान्समा बनेको महङ्गो हुस्की फोड्दै अब त मेरो दिन आयो भन्दै मध्यरातसम्म पार्टी गरेका थिए ।
गत बुधबार मध्य बानेश्वरको एक रेष्टुरेन्टमा काफ्लेले नेपाली काँग्रेसका केही नेता र केही पत्रकारलाई समेत राखेर भोज दिएका थिए । भोजमा सहभागी एक पत्रकारकाअनुसार काफ्लेले विगतमा राधा ज्ञवालीलाई आफैले डुबाएको, टोपबहादुरलाई समेत सोलु कोरिडोरमा भण्डै डुबाउन लागेको बताएका थिए ।
उनले आफूले माओवादी मन्त्रीलाई कुनै काम नै हुन नदिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले प्राधिकरणलाई अगाडि बढाउन भन्दा पनि माओवादी मन्त्रीलाई केही पनि गर्न नदिएको खुसी व्यक्त गरेका थिए । अब त आफ्नै मान्छे मन्त्री हुन्छ के पो पिर भन्दै उनले पाटीमा सहभागीलाई थपी थपीकन रक्सी खुवाएका थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment