काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेसका सभापति शेरबहादुर देउवा आफै प्रधानमन्त्री बन्ने खेलमा जुटेका छन् । एमाले नेतृत्वको सरकार ढाल्न र आफु प्रधानमन्त्री बन्न देउवाले आफु निकटका कांग्रेस नेताहरुलाई परिचालन गरेका छन् भने कतिपय अन्यदलका नेताहरुसँग आफै संवाद सुरु गरेका छन् ।
‘पहिले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल उहाँले थाल्नु भएको छ’ नेपाली कांग्रेसका एक नेताले भने ‘त्यो सम्भव नभए मात्र प्रचण्डमा प्रस्ताव जानेछ ।’
ओली नेतृत्वको सरकार बर्हिगमण गराउन र आफ्नो नेतृत्वमा सरकार गठन गर्न देउवाले पहिलो प्रयास मधेसबादी दलहरुबाट सुरु गरेका छन् । आन्दोलनमा रहेका मधेसबादी दलहरुलाई फकाउन देउवाले तीन चरणमा छलफल गरिसकेका छन् । संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदेश त्रिपाठीसँग देउवाले तीन चरणमा छलफल गरेको ति नेताले बताए ।
मधेसबादी दलका नेताहरुसँग छलफल गरेपछि देउवाले आफ्नो छलफल नेकपा माओवादी केन्द्रतिर सुरु गरेका छन् । दुई दिनअघि मात्र माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा र बर्षमान पुन अनन्तसँग आफ्नै निवासमा देउवाले छलफल गरेका थिए । महराको जन्मदिनको अवसरमा देउवाले डिनर पाटी दिएका थिए । सोही पाटीमा ओली सरकारको बर्हिगमण र आफु प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।
‘सभापतिज्यूले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्नु भयो, तर माओवादी नेताहरुले प्रचण्डको नाम अगाडी सारे’ कांग्रेस ति नेताले भने ‘माओवादीहरु तत्काल देउवालाई स्वीकार्ने पक्षमा छैनन् भने देउवा पनि प्रचण्डलाई तत्काल विस्वास गर्ने पक्षमा मैले देखिँन ।’ देउवाले माओवादीका नेताहरुसँग भेटघाट मात्र नभई टेलिफोन संवाद पनि गरिरहेका छन् । तर देउवाको प्रस्ताव माओवादी नेताहरुले भने स्वीकार गरेका छैनन् ।
देउवाले माओवादी र मधेसबादी दललाई मनाउन खुमबहादुर खड्का, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतलाई खटाएका छन् । खड्का, कोइराला र महत मधेसबादी दल र राप्रपा नेपालसँग संवाद गरिरहेका छन् भने माओवादी मनाउन जिम्मा सिटौलालाई दिएका छन् । ‘तर सिटौला माओवादी फकाउने तिर लाग्नु भएको छैन’ ति नेताले भने ।
सिटौला प्रचण्ड भन्दा ओली सरकारकै पक्षमा छन् । ओलीलाई प्रधानमन्त्रीमा सघाउनु पर्ने प्रस्ताव सिटौलाले तत्कालिन पार्टी सभापति सुशील कोइरालासँग लिएका थिए । तरपछि उनी सफल हुन सकेनन् । उनी प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भन्दा ओलीलाई नै टिकाउने पक्षमा छन् ।
अन्य दलहरुसँग संवाद गर्न थालेका कांग्रेस नेताहरुले मधेसबादी दल र राप्रपा नेपाललाई ११ बुँदे प्रस्ताव पठाएका छन् । तर त्यो प्रस्ताव भने हालसम्म माओवादीलाई दिएका छैनन् । माओवादीसँग अघिल्लो पटक सरकार ढाल्ने तयारी गर्दा ७ बुँदे सहमति गरिएको थियो । सहमतिमा हस्ताक्षर हुनुभन्दा पहिले नै प्रचण्ड पछि हटिसकेका थिए ।
No comments:
Post a Comment