मङ्गलबार २१, असार २०७३
काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाले बैबाहिक सम्बन्ध तोडेको झण्डै चार बर्ष बित्यो । तर उनको सम्बन्ध बिच्छेदले कानुनी मान्यता आइतबारदेखि पाएको छ । जिल्ला अदालत काठमाडौंबाट आइतबारदेखि रेखा र चलचित्र निर्माता छवि ओझा कानुनीरुपमा छुट्टिएका छन् ।
करिव १० बर्ष बैबाहिक जीवन विताएका छवि र रेखाले चार बर्षअघि सम्बन्ध बिच्छेद गरेका थिए । सम्बन्ध बिच्छेद गर्ने निर्णय पुगे लगतै उनीहरु अदालत पुगेका थिए । अदालतले दुवैको मन्जुरीमा सम्बन्ध बिच्छेदको फैसला दिएको छ । २०६९ साल जेठ महिना देखि छवि र रेखा अलग अलग बस्दै आएका थिए ।
स्रोतका अनुसार छवि ओझा अर्काे विवाहको तयारीमा छन् । विवाहपछि रेखाको कानुनी अवरोध हुन सक्ने आशंका गर्दै छविले औपचारिक सम्बन्ध बिच्छेदका लागि आग्रह गरेका थिए । छविको आग्रहमा दुवै जना जिल्ला अदालत पुगेका थिए । छवि र शिल्पा पोखरेलको नाम बारम्वार जोडिएर चर्चामा आइरहेको हुँदा सभ्भवत छविले उनै शिल्पासँग विवाह गर्न सक्ने टिप्पणी सिने क्षेत्र चल्न थालेको छ । यसको पुष्टी भने हुन सकेको छैन । छवि ओझासँग यस सम्बन्धमा जिज्ञासा राख्दा उनले हासेर टारे तर बोल्न चाहेनन् । यद्यपि रेखाले भने आफूले कानुनी रुपमा बाटो खुल्ला गरिदिएको बताएकी छिन ।
रोचक पक्ष चाहिँ रेखा र छवि लिभिङ टुगेदरको रिलेसनमा मात्र थिए । उनीहरुको कतै विवाह दर्ता भएको थिएन । छविको जेठी श्रीमतीसंग सम्बन्ध विग्रिएको तीन दशक बढी भईसक्यो भने दोश्री श्रीमतीले आत्महत्या गरेकी थिईन् । तेश्री श्रीमतीका रुपमा रेखा थापा १० बर्ष सम्मसँगै बसेकी थिइन । रेखालाई चलचित्र उद्योगमा स्थापित गराउने उनै छवि थिए ।
No comments:
Post a Comment