१७ असार, काठमाडौं ।
जापानमा अभिनेत्री गौरी मल्ललाई अपमान गरेको भनिएका अनोज शाक्यले गौरी मल्ल आफ्नी कान्छी श्रीमती बन्न तयार भएको दावी गरेका छन् ।
आफूले गौरी मल्लकै कारण नाम नै फेर्न लागेको र त्यसो गरेको भए धोका हुने भन्दै अनोजले फेसबकुमा स्ट्याटस नै लेखेका छन् ।
उनले गौरी मल्लसँगको तस्विर फेसबुकमा राखेर भनेका छन्, “म गौरीको शिवरात्रीमा, मेरो नाममा वर्त बसेको हुनाले मेरो कान्छी श्रीमती बन्छु भनेर स्वीकारेको थियो । मैले पनि शंकर शाक्य भनेर झन्डै नाम नै फेर्न लागेको थिए। गौरी शंकर । शंकर शाक्य बनेको भए अहिले त बद्री शाक्य पो हुने रहेछु ।”
भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्यमाथि गौरीले दुर्ब्यवहारको आरोप लगाएकी थिइन् । गौरीका अनुसार जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै शाक्यले उनलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए ।
अनोजले आफू र गौरीको समाचार सार्वजनिक भएपछि आफूहरुबीच विगतको सम्बन्ध झल्काउन फेसबुकमा उनीसँग निकट भएका तस्विर समेत सार्वजनिक गरेका छन् ।
No comments:
Post a Comment