आइतबार, १९ आषाढ
बलिउडमा पछिल्लो पटक यो जोडीको खुब ठुलो चर्चा हुने गरेको छ । फिल्महरुमा सँगै देखिन थालेका यी जोडीहरुबिच अफयेर भएको र विवाहको तयारी समेत गरेको बताइएको छ ।
पुलकित स्रमाट र उनकी श्रीमति श्वेता रोहिराबिच सम्बन्ध यमी गौतमका कारण बिग्रिएको बताइएको छ । पुलकित र यमी गौतमबिच अफेयर चलेको महिनौ भइसकेको छ । श्वेता र पुलकित सँगै नबसेको करिब ८ महिनाभन्दा बढी भइसकेको छ । उनीहरुबिच अब मेल हुने सम्भावना पनि नरहेको बताइएको छ ।
फिल्म ‘सनम रे’ र ‘जुनुनियत’ मा यमी र पुलकितले सँगै काम गरेका छन् । सटिङका क्रममा उनीहरुबिच प्रेम भएको बताइएको छ । यमीको कारण श्वेताले घर छोडेको सुन्नमा आएको छ । तर सार्वजनिक रुपमा यमी र पुलकितले आफ्नो सम्बन्धबारे खुलेर बोलेका छैनन् । यमी गौतमले पुलकितलाई भनेकी छिन्,‘पहिला श्रीमतिलाई डिभोर्स दिएरमात्र मसँगको सम्बन्ध अघि बढाउ’ ।
डिभोर्स पछाडिमात्रै आफु सम्बन्धबारे सिरियस हुने यमीले भनेको बताइएको छ । पुलकितले फिल्मका कारण डिभोर्स प्रक्रिया गर्न अगाडि बढाउन नपाएको र अब कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् ।
No comments:
Post a Comment