जेठ ३१ – अमेरिकाको फ्लोरिडा राज्यको ओरल्याण्डमा ५० जनाको ज्यान जाने गरी अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान तथा तस्बिर सार्वजनिक भएको छ ।
२९ वर्षका उमर मतिनले आइतबार ओरल्याण्डको एक पुरुष समलिंगी रात्री क्लबमा अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गयो । ५३ जना घाइते भए । प्रहरीको कारबाहीमा उमर पनि मारिए । उमर ओरल्याण्डको दक्षिणीमा रहेको सेन्ट लुसी काउन्टीका बासिन्दा भएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणकारी उमर कट्टरपन्थी इस्लामिक विचारधारसँग जोडिएको अनुमान लगाएको एफबिआईका एक प्रवक्ताले बताएका छन् । तर अहिलेसम्म यो आक्रमण आन्तरिक चरमपंथी वा अन्तर्राष्ट्रिय चरमपन्थी आक्रमण हो भन्ने खुलेको छैन । उमरले आक्रमण अघि इमजेन्सी नम्बर ९१९ मा फोन गरेर इस्लामिक स्टेटका बारेमा कुरा गरेको एफबिआईले पुष्टी गरेको छ ।
एफबिआईले गएको तीन वर्ष भित्रमा चरमपंथी आक्रमणको सम्भावनामा एफबिआईले उमरसँग तीन पटक सोधपुछ गरेको थियो । उमरका बारेमा आफूहरुलाई पहिलो पटक सन् २०१३ मा जानकारी मिलेको एफबिआईका एजेन्ट रोनाल्ड हापरले बताउनुभयो । त्यसबेला उमरका बारेमा पूर्ण छानबिन गरिएको थियो । उमरले ओरल्याण्डको आक्रमण्मा एउटा अलसट साइफल, एउटा ह्याण्डगन र केही संदिग्ध उपकरण प्रयोग गरेको प्रहरीले जनाएको छ । उमरका बुवा मिर सादिकले एनबिसी न्युजसँग यो घटनाको धर्मसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । समलिंगी जोडीले चुम्बन गरेको देखेर उ आक्रोसमा आएको हुन सक्ने मिरले बताए । मिरले घटनाका लागि परिवारको तर्फबाट माफि पनि मागेका छन्
No comments:
Post a Comment