• Breaking News

    6.12.2016

    चिकित्सको लापारबाहीले सुत्केरीकाे मृत्यु : क्षतिपूर्ती माग्दै पिडित परिवारद्वारा अान्दाेलनकाे चेतावनी


     धरान / सुनसरीको चतरास्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रका चिकित्सको लापारबाहीका कारण एक महिलाले ज्यान गुमाउनु परेको भन्दै आफन्तले कारबाहीको माग गरेका छन् । धनकुटाको आहाले गाविस वडा नं. ४ खलेखाकी २३ बर्षीया दिलकुमारी राईको सुत्केरी पश्चात साल निकाल्ने क्रममा चतरा प्राथमिक स्वास्थ्य केन्द्रका अहेव र  कार्यालय सहयोगीको लापारबाहीका कारण मृत्यु भएकोे भन्दै उनका श्रीमान  सुकबहादुर राईले उपचारमा संलग्न रहेका अनमी र कार्यालय सहयोगीलाई  कारबाहीको माग गरेका हुन

    गत जेष्ठ२६ गते धनकुटा आहालेस्थित आफ्नै निवासमा छोरा जन्मिएपनि स्वास्थ्य स्थिती खराब देखिएपछि उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउने क्रममा बाटोमै पर्ने चतरास्थित प्राथमिक  स्वास्थ्य केन्द्रका अनमी सरोजकुमारी मेहता र कार्यालय सहयोगी दिपक गिरीले   उपचारमा लापर्वाही गरेकाे कारण उनकाे मृत्यु भएकाे श्रीमान सुकबहादुर राइले बताए ।

    स्वास्थ्यकर्मीहरुले स्वास्थ्यचौकीमा नलगी विरामी बोकेर्क गाडीमा उपचार थाल्ने  क्रममा उपचार गर्ने क्रममा बढी रक्तश्राव भएपछि उपचारका लागि धरानस्थित बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गरी उचित क्षतिपूर्तिको माग समेत गरेका छन ।

    सोही विषयलाई लिएर चतराको प्राथमिकत स्वास्थ्य केन्द्रमा २८ गते जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारी, बराहक्षेत्र गाविसका सचिव हिरालाल विक सहित पीडितपक्षबीच छलफलमा बसेपनि  केही निष्कर्ष नस्किएपछि अहिले उनीहरुले स्व. दिलकुमारी राई प्रकरण संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र