• Breaking News

    6.13.2016

    केपी ओलीको पत्र पढेपछि मधेसी नेता खुसीले गदगद


    इनरुवा, ३२ जेठ– नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले अहिलेको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य रहेको बताएका छन् ।
    सुनसरी सदरमुकाम इनरुवामा रासससँग कुराकानी गर्दै झाले सरकारले पठाएको पत्र एकदमै सकारात्मक भएका कारण अब मोर्चाको बैठक बसेर कहिले वार्ता गर्ने त्यो टुङ्गो लाग्ने बताए ।
    मोर्चा कै एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहिर भएका कारण मोर्चाको बैठक बस्न नसकेको बताउदै झाले उनी आउने बित्तिकै बैठक बसेर कहिले सरकारसँग वार्ता गर्ने टुङ्गो लगाउने बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र