काठमाडौं, १४ असार । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेसनले आज यहाँ आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दातृ निकायको सम्झौताका कारण भूकम्प प्रभावितलाई एकै किस्तामा रु दुई लाख दिन नसकिएको स्पष्ट गर्नुभयो ।
लगातार संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी कांग्रेसतर्फ संकेत गर्दैप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीलाई थोत्रा, झुठ र बेइमानीमा अल्झने राजनीति गर्नु छैन, मुलुकको तीव्र आर्थिक उन्नतिमा लाग्नुछ । सकेसम्म सरकार जनतालाई छिटो अधिकतम सुविधा र पुनः निर्माणको सेवा दिन चाहन्छ ।’
जननेता भण्डारीले नेपालीलाई लगाएको सबभन्दा ठूलो गुन जबजको सिद्धान्त भएको भन्दै उहाँले नेपाली समाजको सकारात्मक र शान्तिपूर्ण परिवर्तनका लागि त्यस विचारकालाई चुनौती दिने अर्काे व्यवस्थित विचार नआएको जनाउनुभयो ।
No comments:
Post a Comment