• Breaking News

    6.19.2016

    बाबुले एउटा छोरालाई कुटेर मारे, अर्को गम्भिर अवस्थामा अपस्तालमा

    लहान, ६ असार – बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
    बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कविर प्रधानले जानकारी दिए ।
    गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उनका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उनका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरी निरीक्षक प्रधानले बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र