• Breaking News

    6.17.2016

    १ लाख ८० हजार घुस लिँदालिँदै सहायक वन अधिकृत रंगेहात अख्तियारको फन्दामा


    हेटौंडा, असार ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको राक्सिराङ इलाका वन कार्यालयका सहायक अधिकृत रामकृष्ण कुशलाई पक्राउ गरेको छ ।

    सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको मध्यमाञ्चल क्षेत्रीय टोलीले उनलाई शुक्रबार साँझ हेटौंडाबाट पक्राउ गरेको हो ।
    हेटौंडा उपमहानगरपालिका राप्तीरोडस्थित लामा होटल एन्ड गेस्ट हाउसबाट उनलाई १ लाख ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको हो ।
    विलाउने सामुदायिक वन उपभोक्ता समितिले राक्सिराङ इलाका वन कार्यालयबाट लिलाम गरेको काठ सम्पूर्ण प्रक्रिया पुर्‍याइ स्थानान्तरण गर्न खोज्दा सहायक अधिकृतले स्वीकृतिका लागि घुस लिएको अख्तियारको आरोप छ ।
    पक्राउ परेका कुशमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र