• Breaking News

    6.22.2016

    भारतमा चट्याङबाट ८० को मृत्यु


      भारतमा गत दुई दिनयता भारी बर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् । यस चट्याङबाट गत सोमबार यता पूर्वी राज्य विहार, झारखण्ड र उत्तरी राज्य उत्तर प्रदेशका व्यक्तिहरुले ज्यान गुमाएका जनाइएको छ ।


    यस प्राकृतिक प्रकोपमा परी बिहारमा ५३, झारखण्डमा १० र उत्तर प्रदेशमा १७ व्यक्तिको मृत्यु भएको जनाइएको छ । चट्याङ् परी यसरी मारिनेमा प्रायः खेतमा कामगर्ने कृषकहरु रहेका अधिकारहरुले जानकारी दिएका छन् ।

    भारतमा प्रत्येक बर्ष जुनदेखि सेप्टेम्बरसम्म पर्ने मनसुनी बर्षाको मौसममा बारम्बार चट्याङ पर्ने गरेको पाइन्छ । यस चट्याङ्मा प्रत्येक बर्ष दर्जनौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र