भेनेजुएलालाई सजिलै पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
कप्तान लियोनेल मेसीलाई शुरुबाटै उतारेको अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
अर्जेन्टिनाको सहज जितका क्रममा कप्तान मेसीले लामो भली पासलाई सदुपयोग गर्दै गोन्जालो हिगुइनले खेलको आठौं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि खेलको २८ औं मिनेटमा भेनेजुएलाको डिफेन्स लाइन अगाडि बढेको अवस्थामा हिगुइनले नै अर्को गोल थप्दै २–० को अग्रता दिलाए ।
No comments:
Post a Comment