• Breaking News

    6.21.2016

    भारतीय जासुसहरू नेपालको गोप्य भ्रमणमा


    काठमाडौं, ८ असार । के भारतले संविधान जारी भएपछिका यावत् घटनाक्रममा आफ्नो कमजोरी रहन पुगेको निश्कर्ष निकालेकै हो ?
    छिटो नयाँ राजदूत तोक्न र राष्ट्रपतिको अवरुद्ध भारत भ्रमण यथाशीघ्र सुचारु गर्न पोखिएको आग्रह बिग्रिहको सम्बन्ध सुधारतर्फको पहल हो ?
    प्रचण्डको सरकार ढाल्ने र माधव नेपाल नेतृत्वमा नयाँ गठबन्धन निर्माण हुने बेला नेपालको निम्ति ‘रअ’को तर्फबाट स्टेशन म्यानेजर र पोलिटिकल चिफ रहेका आलोक जोशीसहित अश्विनी सक्सेनाले अघिल्लो हप्ता ४ दिनसम्म काठमाडौंमा बसेर गरेको गृहकार्यको प्रष्ट संकेत हो, भारत नेपालसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोज्दैछ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
    केपी ओली सरकार बनन नदिन ढुक्कै काठमाडौंमा खटिएका ‘रअ’कै पूर्व हाकिम एबी माथुरसमेतलाई राखेर भारतीय प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा सुल्लाहकार अजित दोभल नेतृत्वको कमिटीले बर्मा, नेपाल र बंगलादेशसँगको सम्बन्धलाई नयाँ ढंगबाट हेर्न छुट्टै उपकमिटी बनाएर बमोजिम पूर्व जासुसहरू काठमाडौंमा आएका हुन् । द्विदेशीय सम्बन्ध पुनरावलोकनको समग्र अध्ययनपश्चात उनीहरूले आफ्ना प्रधानमन्त्रीसमक्ष एउटा प्रतिवेदन बुझाइ सकेको स्रोतको दाबी छ ।
    नेपाल पूरैचिनियाँ इन्ट्रेष्ट घेरामा परिसकेको टोलीको बुझाई छ । ‘पहिला आफ्नो स्वार्थविरुद्ध जाने अवस्थातिर मात्र केन्द्रित रहने र सोहीअनुसारको दृष्टिकोण तय गर्ने चीन अहिले सत्ता बनाउने र टिकाउनेतिर खुलेर लाग्नु हाम्रानिम्ति चिन्ताको विषय हो’, भारतीय जासुसहरूको यस्तो ठम्याइ छ ।
    उनीहरूले भनेका छन्, ‘अहिलेको गठबन्धन टुट्न तत्काल सम्भव देखिन्न । त्यसैले अब हामी नेपाललाई इन्गेज गराउनतिर लाग्नुपर्छ । ओलीसँग गुड -यापोर्ट कायम गर्नुपर्छ । दुई देशवीच दूरी बढ्नुको प्रमुख कारण मधेस समस्या हो । सिमांकनको समस्या हेरफेरबाहेक मधेसी दलका अरु मागप्रति थप लेनादेना आवश्यक छैन । हाम्रो सुझावअनुसार संविधान संशोधन भयो । समावेशी प्रतिनिधित्वको कुरा पनि त्यसमा मिसियो । अब राज्यको पुनर्संरचनामा अलिकति हेरिदिनुस् भन्ने मात्र आग्रह रहनुपर्छ’, उनीहरूको भनाइ छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र