• Breaking News

    6.20.2016

    अन्ततः चीनका कारण भारतका सबै प्रयास असफल, मोदीको सपना चकनाचुर


    , ६ असार । न्यूक्लियर सप्लायर ग्रुप (एनएसजी)को सदस्यता पाउनका लागि भारतले चीनको समर्थन पाउन गरेको सबै प्रयास विफल भएको छ ।
    सोमबार चीनले ४८ देशहरुको यो ग्रुपको यसैहप्ता बस्ने बैठकमा भारतको कुनै एजेण्डा समावेश नहुने प्रष्ट पारेको छ ।
    चीनको विदेश मन्त्रालयले दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता अयोजित एनएसजी बैठकको एजेण्डामा भारतलाई एनएसजीको सदस्यता दिने मुद्दा समावेश नहुने जनाएको हो ।
    चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता होवा चुनिइंगले जुन २४ मा सोलमा हुने एनएसजी बैठकको एजेण्डामा भारतलाई यो ४८ सदस्यीय समूहमा समावेश गर्ने कुनै मुद्दा नरहेको जानकारी दिएकी छिन् ।
    चीनको यो भनाईपछि भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले चिन्ता व्यक्त गरेकी छिन् भने नरेन्द्र मोदीको सपना तुहिएको छ ।
    चीनले न्यूक्लियर नन–प्रोलिफिरेशन ट्रीटी (एनपीटी)मा हस्ताक्षर नगरेसम्म कुनै पनि देशलाई एनएसजी समूहको सदस्यता दिन नसकिने अडान राख्दै आएको छ । जसका कारण भारतले सदस्यता पाउन सकिरहेको छैन् ।
    चीनले समर्थन गरेमात्रै भारतले सदस्यता पाउनुपर्छ त्यसका लागि (एनपीटी)मा हस्ताक्षर जरुरी छ ।
    एनएसजीको गठन १९७४ मा भएको थियो । यसको उद्देश्य विश्वमा परमाणु हतियारहरुको प्रसार रोक्नु हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र