• Breaking News

    6.21.2016

    भूकम्पको धक्काले नुवाकोट र रसुवामा भागाभाग



    नुवाकोटः विनासकारी भूकम्प गएको १४ महिनामापछि नुवाकोटलाई केन्द्रबिन्दु बनाएर परकम्प जाँदा यहाँका सर्वसाधरणबीच भागाभाग भएको छ ।

     भूकम्पको पीडामा रहेका नुवाकोट र रसुवावासीले मंगलवार पनि भुकम्पको ठूलै धक्का महसूस गरेका हुन् ।

    मंगलवार विहान ११ बजेर ३४ मिनेट जाँदा ४ दशमलव ४ म्यागिन्च्यूडको परकम्प जाँदा सर्वसाधरण आत्तिँदै घरबाहिर भागेका थिए । घर तथा कार्यालयमा बसिरहेका सर्वसाधारण र कर्मचारी भूकम्पले हल्लाएपछि भागाभाग भएका हुन् ।

    तीन सेकेन्डसम्म आएको कडा धक्काका कारण सर्वसाधारण घर तथा कार्यालय बाहिर निस्केर खुला ठाउँमा जम्मा भएका थिए ।

    राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्र विन्दु नुवाकोटको खानीगाउँ गाविस आसपास रहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र