• Breaking News

    6.02.2016

    माओवादीको बन्दका कारण जनजीवन प्रभावित

    चितवन, २१ जेठ, नेकपा माओवादी (विप्लव) समूहले आज आह्वान गरेको बन्दको प्रभाव चितवनमा बिहानैदेखि परेको छ । बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले नारायणगढको पुल्चोक, लोथर र कुरिनटार क्षेत्रबाट एस्कर्टिङ गरेर जिल्लाबाट सुरक्षित आवागमन गराइएको बताए ।

    बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् ।

    माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश आज बन्द आह्वान गरिएको जनाएको छ । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र