• Breaking News

    6.16.2016

    नेपाली भन्दा अंग्रेजीमा बढि जान्ने, अंग्रेजीमा १२ हजार, नेपालीमा मात्र ६३

    २ असार, काठमाडौं।

    २०७२ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ। नियमित तर्फ चार लाख ३७ हजार तीन सय २६ जना  र  एक्जामटेड तर्फ १ लाख ५० हजार आठ सय २६ जना परिक्षार्थी परिक्षामा सामेल भएका थिए।

    नतिजा अनुसार अंग्रेजी विषयमा १२ हजार ५ सय ५२ जनाले ए+ ल्याएका छन्। नेपाली विषयमा ए+ ल्याउने ६३ जना मात्र छन्।


    ४० हजार ८५ जनाले अंग्रेजीमा ए ल्याउँदा ७५८३ जना विद्यार्थीको नेपालीमा ए आएको छ।

    यस्तै ७१ हजार १ सय २४ जनाले अंग्रेजीमा इ ल्याएका छन् भने नेपालीमा इ ल्याउने २३ हजार ४५ जना छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र