• Breaking News

    6.16.2016

    यी बलिउड अभिनेत्रीले लगाइन् सलमान खानमाथि रेप गरेको आरोप

    शुक्रबार, ३ आषाढ, 

    नयाँदिल्ली—रियालिटी शो बिग बोसको देखिएकी पुजा मिश्रासँग विवादको गहिरो नाता छ । अहिलेसम्म त उनी आफ्नो शो ‘अभी तो पार्टी सुरु हुई है’का क्यामराम्यानमाथि रेपको आरोप लगाइरहेकी थिइन ।

    तर, चर्चा र विवादमा आउन रुचाउने यी अभिनेत्रीले पछिल्लो समयमा हद गरेकी छिन् । उनले सलमान खान र शत्रुधन सिन्हामाथि रेप गरेको आरोप लगाएकी छिन् ।

    बलिउड लाइफको खबरअनुसार पुजाले सलमान र शत्रुधन सिन्हाका विरुद्ध एफआइआर समेत दर्ता गराएकी छिन् । जसको कपी उनले सोसल मिडियामा पनि सेयर गरेकी छिन् ।

    पुजाको आरोप छ कि सलमान र शत्रुधनले उनको शो ‘अभी त पार्टी सुरु हुई है’को सुटिङको दौरानमा उनलाई रेप गरेका थिए ।

    पुजा मिश्राको आरोप प्रतीत यसकारण पनि हुन्छ कि उनी आजकल झुठो खबरमार्फच चर्चा बटुल्न लागिरहेकी छिन् । उनी कहिल्यैं आफूमाथि ग्याङ रेप भएको त कहिले रेप भएको आरोप लगाउँदैं हिडिरहेकी छिन् ।

    उनले आफ्नो टिभी लाइफस्टाइल शो ‘अभी तो पार्टी सुरु हुई है’का तीन भिडियोग्राफर मोसिम, सुहान र हरिशमाथि पनि नशालु पदार्थ सेवन गराएर ग्याङ रेप गरेको आरोप लगाएकी थिइन । अहिले भने उनले सलमान र शत्रुधन सिन्हामाथि यस्तो आरोप लगाएकी छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र