• Breaking News

    6.21.2016

    कोपा अमेरिकाः अर्जेन्टिना फाईनलमा


    ८ असार, काठमाण्डौं – आयोजक अमेरिकालाई पाखा लगाउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० को फराकिलो जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

    अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी र लियोनल मेसीले पहिलो हाफमा एक–एक गोल गरेका थिए भने दोस्रो हाफमा गोन्जालो हिगुवानले दुई गोल गरेपछि अर्जेन्टिनाले ४–० को शानदार जित दर्ता गरेको हो ।

    यो खेलमा गोल गरेसँगै लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मेसीले ५५ अन्तराष्ट्रिय गोल गरिसकेका छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र