• Breaking News

    6.19.2016

    कक्षा ११ मा सही विषय छनोट गर्नुस, नत्र पारसको जस्तै अवस्था आउन सक्छ

    काठमाडौँ, ६ असार
    खेल क्षेत्रमा मात्र होइन, नेपालीहरूकै लागि चर्चित नाम हो पारस खड्का । नेपाली राष्ट्रिय क्रिटेट टिमको कुशल नेतृत्व गरिरहेका छन् पारस खड्का । उनी खेलमा जति सफल देखिन्छन्, अध्ययनमा त्यति उत्कृष्ट प्रमाणित गर्न सकेनन् । एसएलसी परीक्षामा ७८.५ प्रतिशत ल्याएर साइन्स विषयमा प्लस टुमा भर्ना भ
    एका खड्का ‘ब्याक पेपर’ दिएर मात्र उत्तीर्ण भए, कारण थियो एसएलसीपछि उनको विषय छनोट सही नहुनु । हिमालयन ह्वाइटहाउस कलेजका अध्यक्ष युवराज शर्माका अनुसार खड्का प्लस टु पछि साइन्स छाडेर अरू विषय अध्ययन गरे ।



    बिपुल काब्रा सन् २००५ का बोर्ड सेकेन्ड हुन् । उनी बोर्ड टप हुँदा पनि साइन्स पढेर डाक्टर वा इन्जिनियर बन्न चाहेनन् । काब्राले प्लस टुमा व्यवस्थापन रोजे र भारतीय राजदूतावासको छात्रवृत्तिमा दिल्ली युनिभर्सिटीमा एमबिए अध्ययन गरे । अहिले उनी भारतको एस बैंक मुम्बईमा म्यानेजर भएका छन् । उनले अहिले जति नाम र दाम कमाउन सफल भएका छन्, यसको कारण थियो उनले एसएलसीको नम्बर हेरेनन्, क्षमता र रुचिअनुसार विषय छाने र अध्ययन गरे । यी स्पष्ट हुन्छ एसएलसीपछि सही विषय छनोटले त्यसपछिको यात्रालाई सहज गराउँछ । यतिवेला लाखौँ विद्यार्थी एसएलसीपछिको यात्रा कस्तो बनाउने भन्ने चिन्तनमा छन् ।

    ०७२ सालको एसएलसी परीक्षाको नतिजा अक्षरांकन पद्धतिमा आइसकेको छ । अहिले विद्यार्थीहरू अबको शैक्षिक गन्तव्यका लागि उपयुक्त शैक्षिक संस्था र विषय चुन्न दौडिरहेका छन् । अघिल्ला वर्षहरूमा पनि एसएलसीको नतिजापछि यस्तै दौडधुप हुने गथ्र्यो, यो वर्ष पनि विद्यार्थीको उपयुक्त शैक्षिक संस्था र विषय छनोटका लागि दौडधुप देखिएको छ । तर, यो वर्षको परिवेश फरक रहेको छ, एउटा एसएलसीको ग्रेडिङमा नतिजा र अर्को कक्षा ११ र १२ माध्यमिक तहको संरचनामा फरक पर्नु ।

    कक्षा ११ र १२ माध्यमिक तह बने पनि उच्च शिक्षा अध्ययको र आफ्नो करिअर बनाउने ढोका बनेको छ । यसअघिको उच्च माध्यमिक तह माध्यमिक तहभित्रै भए पनि विद्यार्थीले उच्च शिक्षा अध्ययन र आफ्नो करिअरका लागि उपयुक्त बाटो बनाउने आधार यही कक्षा ११ र १२ नै हो । प्राविधिक धारमा जानेहरूले कक्षा नौबाटै आफ्नो बाटो बनाउन सक्छन् भने साधारण विषय अध्ययन गरेकाले पनि कक्षा ११ र १२ मा छनोट गरेका विषयले नै भविस्य निर्धारण गर्न सक्छन् ।
    नयाँ पत्रिकाबाट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र